Kathmandu Press

कांग्रेस कमजोर छैन भन्ने सन्देश इलामले दिन्छ : कोइराला

‘कांग्रेस कमजोर भयो भन्ने छ कुरा बाहिर आइरहेको, यसले देशभित्र र बाहिरका लोकतन्त्र पक्षधरहरु चिन्तित छन्। सबैको मनोबल बढाउनुपर्ने छ । हाम्रा लागि यो उपनिर्वाचन प्रतिष्ठाको विषय भएको छ,’ उनले भने।
कांग्रेस कमजोर छैन भन्ने सन्देश इलामले दिन्छ : कोइराला

इलाम, वैशाख ३ : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस कमजोर छैन र एक्लै निर्वाचन लड्न सक्षम छ भन्ने सन्देश इलाम–२ को उपनिर्वाचनले दिने बताएका छन्। यसका लागि कांग्रेसले चुनाव जित्नैपर्नेमा उनको जोड छ।

‘कांग्रेस कमजोर भयो भन्ने छ कुरा बाहिर आइरहेको, यसले देशभित्र र बाहिरका लोकतन्त्र पक्षधरहरु चिन्तित छन्। सबैको मनोबल बढाउनुपर्ने छ । हाम्रा लागि यो उपनिर्वाचन प्रतिष्ठाको विषय भएको छ,’ उनले भने।

Hardik ivf

कांग्रेसको भविष्यको निर्धारण यही उपनिर्वाचनले गर्ने भन्दै पार्टी भित्रका तिक्तता र आन्तरिक मनमुटाव बिर्सेर एक भई निर्वाचनमा जुट्न इलाम पार्टीका सबै तहलाई निर्देशन पनि दिए। उपनिर्वाचनको प्रचारका लागि इलाम पुगेका कोइरालाले जति जना आकांक्षी भए पनि टिकट एक जनालाई दिनुपर्ने भएकाले बाँकी आकांक्षी नेताहरुले मन दुखाउन नहुने बताए।

कोइरालाले यो उपनिर्वाचनलाई अन्तर्राष्ट्रिय जगतले पनि नजिकैबाट हेरिरहेको भन्दै कांग्रेसका हरेक कार्यकर्ताले म नै उम्मेदवार हुँ भनेर निर्वाचनमा लाग्न समेत निर्देशन दिए।

प्रकाशित मिति: २०:४८ बजे, सोमबार, वैशाख ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्