Kathmandu Press

नेपाली सेनाको नयाँ प्रवक्तामा केसी

निवर्तमान प्रवक्ता एवं सहायकरथी कृष्णप्रसाद भण्डारीले सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा सोमबार आयोजित कार्यक्रममा सहायकरथी केसीलाई औपचारिकरुपमा प्रवक्ताको कार्यभार हस्तान्तरण गरे।
नेपाली सेनाको नयाँ प्रवक्तामा केसी

काठमाडौं, वैशाख ३ : नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायकरथी गौरवकुमार केसीलाई दिइएको छ। केसीले  प्रवक्ताको अतिरिक्त सैनिक जनसम्पर्क तथा सूचना निर्देशकको जिम्मेवारी पनि सम्हाल्नुपर्ने छ।

निवर्तमान प्रवक्ता एवं सहायकरथी कृष्णप्रसाद भण्डारीले सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा सोमबार आयोजित कार्यक्रममा सहायकरथी केसीलाई औपचारिकरुपमा प्रवक्ताको कार्यभार हस्तान्तरण गरे।

Hardik ivf

प्रवक्ताको जिम्मेवारी पाएका केसीले नेपाली सेना र आमसञ्चार जगतबीचको सम्बन्ध र सहयोग आगामी दिनमा थप प्रगाढ र सुमधुर रहने विश्वास व्यक्त गरे ।

केसी यसअघि पोखरास्थित ३ नम्बर बाहिनी अड्डा प्रमुख थिए भने सहायकरथी भण्डारीको सैनिक अभिलेखालयमा सरुवा भएको सैनिक सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: १९:०६ बजे, सोमबार, वैशाख ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्