Kathmandu Press

‘नेताहरु नै बेइमान छन्’

उनले भने, ‘अब नेताहरुले हुँदा हुँदा जनताले जम्मा गरेको रकममाथि आँखा लगाएर यो सरकार पनि बेइमानी गरिरहेको छ। सरकारमा बस्ने व्यक्तिहरु पनि बेइमान छन्। अब सोच्ने बेला भएको छ।’
‘नेताहरु नै बेइमान छन्’

काठमाडौं, वैशाख ३ : पूर्वउपराष्ट्रपति परमानन्द झाले सरकारमा रहेका नेताहरुले बेइमान काम गरिहेको आरोप लगाएका छन्।

काठमाडौंमा सोमबार दिशानिर्देश प्रेस क्लवको २१औं वार्षिकोत्सव समारोहमा उनले सरकारी ढुकुटी दुरुपयोग गर्ने प्रवृत्ति सुरुदेखि नै रहेका नेताहरुले अब जनताले जम्मा गरेको रकममाथि आँखा लगाएर सहकारी ठगी जस्ता बेइमानी काम गरिरहेको बताए।

Hardik ivf

‘सहकारीको रकम कुनै विदेशबाट आएको दान होइन, कुनै भ्रष्टाचार गरेर कमाएको ती जनता होइन्,’ उनले भने, ‘आफ्नो कमाइ जम्मा गरेको सहकारीमा सरकारबाट के भएको छ भन्ने मैले भनिरहन पर्दैन। ओरिएन्टल सहकारीमा अरबौं घोटाला भयो । तर सरकारले केही निराकरण गर्न सकेन।’

पूर्वउपराष्ट्रपति झालेसरकारी ढुकुटीलाई दुरुपयोग गर्ने प्रवृत्ति बढेको बताए। उनले भने, ‘अब नेताहरुले हुँदा हुँदा जनताले जम्मा गरेको रकममाथि आँखा लगाएर यो सरकार पनि बेइमानी गरिरहेको छ। सरकारमा बस्ने व्यक्तिहरु पनि बेइमान छन्। अब सोच्ने बेला भएको छ।’

पहिला जतिखेर पनि देशको विकास होस भन्ने इच्छा राख्ने आफू अहिले दलको र नेताको मात्र विकास कुरा मात्र मनमा आउने उनले बताए । दल र नेताहरुको विकास भयो भने मात्रै देशको विकास पछि हुँदो रहेछ भन्ने अनुभूति भएको उनको गुनासो छ।

 

प्रकाशित मिति: १९:०३ बजे, सोमबार, वैशाख ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्