Kathmandu Press

कोशीमा एमाले–माओवादीले दर्ता गराए संकल्प प्रस्ताव

संकल्प प्रस्तावको प्रश्तावकमा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी र समर्थकमा एमाले प्रदेश सांसद किशोरचन्द्र दुलाल र माओवादी सांसद गणेश उप्रेती रहेका छन्।
कोशीमा एमाले–माओवादीले दर्ता गराए संकल्प प्रस्ताव

मोरङ, ३ वैशाख : कोशी प्रदेशमा एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत माग्न निर्देशन दिन माग गर्दै प्रदेशसभा सचिवालयमा संकल्प प्रस्ताव दर्ता गरेका छन्।

संकल्प प्रस्तावको प्रश्तावकमा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी र समर्थकमा एमाले प्रदेश सांसद किशोरचन्द्र दुलाल र माओवादी सांसद गणेश उप्रेती रहेका छन्।

Hardik ivf

यता, प्रदेश प्रमुख परशुराम खापुङले ६ वैशाखमा प्रदेशसभाको अधिवेशन डाकेका छन् । मुख्यमन्त्री केदार कार्कीलाई हटाउन एमाले र माओवादी केन्द्रले संकल्प प्रस्ताव पेस गरेका हुन्।

एमाले र माओवादीले मुख्यमन्त्री केदार कार्कीले २५ वैशाखभित्र विश्वासको मत लिनुपर्ने भन्दै प्रदेशसभाबाट यस्तो निर्देशन दिन माग गर्दै संकल्प प्रस्ताव दर्ता गरेका हुन्।

संकल्प प्रस्तावमा कोशी प्रदेशसभा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको नेतृत्वमा वैकल्पिक सरकार दिन सक्षम रहेको पनि उल्लेख गरिएको छ।

प्रकाशित मिति: १७:५५ बजे, सोमबार, वैशाख ३, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्