Kathmandu Press

नेपालका बारेमा सकारात्मक प्रचार गर्न सभामुखको आग्रह

सभामुख घिमिरेले विश्वभर रहेका नेपालीमूलका नागरिकहरुको तथ्यांक संकलन गरी उनीहरु कहाँ र कसरी रहेका छन् भन्ने बारेमा पनि खोजी गर्न एएनओलाई आग्रह गरेका छन्।
नेपालका बारेमा सकारात्मक प्रचार गर्न सभामुखको आग्रह

काठमाडौं, वैशाख ३ : सभामुख देवराज घिमिरेले राष्ट्रियता फरक भए पनि मातृ तथा पितृभूमि एउटै भएका कारण नेपालीमूलका सबै नागरिकलाई नेपाली भाषा र संस्कृतिका माध्यमबाट जोड्नुपर्ने बताएका छन्।

एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ)को प्रतिनिधिमण्डलसँग सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा भेट गर्दै सभामुख घिमिरेले नेपालीमूलका नागरिकहरु कैयौं पुस्तादेखि नै संसारमा छरिएका रहेकाले उनीहरुले आर्जन गरेको सीप, ज्ञान र पुँजी मातृ तथा पितृभूमि नेपालका लागि खर्च गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए।

Hardik ivf

उनले विदेशमा रहेका नेपाली तथा नेपालीमूलका नागरिकहरु अवैतनिक राजदूत भएको उल्लेख गर्दै नेपालका बारेमा सकारात्मक सन्देश प्रवाह गर्न पनि आग्रह गर्नुभएको एएनओका महासचिव चुडामणि भट्टराईले जानकारी दिए।

एएनओले भाषा तथा संस्कृतिका माध्यमबाट विश्वभर रहेका नेपालीमूलका नागरिकलाई जोड्न गरेको पहल कोशेढुंगा सावित हुने विश्वास व्यक्त गर्दै सभामुख घिमिरेले विश्वभर रहेका नेपालीमूलका नागरिकहरुको तथ्यांक संकलन गरी उनीहरु कहाँ र कसरी रहेका छन् भन्ने बारेमा पनि खोजी गर्न एएनओलाई आग्रह गरेका छन्।

विश्वका २७ देशमा बसोबास गरिरहेका नेपालीभाषीहरुको थाइल्याण्डको बैंककमा गत चैत ६ मा सम्पन्न भेलाले नेपाली जातिलाई एकीकृत गरी नेपाली भाषा र संस्कृतिको संरक्षण गर्न एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओं) गठन गरेको थियो।

भेटका अवसरमा एएनओका अध्यक्ष डिल्लीराम अधिकारीले यस अभियानलाई नेपाली भाषा, कला, संस्कृतिको दूतका रुपमा संसारभर पु¥याउने र यसमार्फत भावी पुस्तालाई नेपालसँग जोड्दै नेपालीपनको जगेर्ना र प्रचारप्रसार गर्ने जानकारी दिए।

यसका साथै प्रवासमा बस्ने नेपाली जातिका लगानीकर्तालाई नेपालमै आई लगानी गर्न र आफ्ना पुर्खाको पहिचान जोडिएको देशको शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा लगाउन पनि प्रेरित गरेको बताए।

प्रकाशित मिति: १७:४९ बजे, सोमबार, वैशाख ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्