चिकित्सा शिक्षासम्बन्धी प्रतिवेदनमा कारबाहीका लागि अख्तियारमा पठाउने निर्णय
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा गठित जाँचबुझ आयोगको प्रतिवेदनले त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपतिसहित ४३ जनालाई कारबाही सिफारिस गरेको छ।
काठमाडौं, वैशाख ३ : शिक्षा मन्त्रालयले चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनमा कारबाही सिफारिस भएकाहरुमाथि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गर्ने निर्णय गरेको छ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा गठित जाँचबुझ आयोगको प्रतिवेदनले त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपतिसहित ४३ जनालाई कारबाही सिफारिस गरेको छ।
कार्की प्रतिवेदन सार्वजनिक गरेर प्रारम्भिक अध्ययनपछि आवश्यक कारबाही प्रक्रिया अघि बढाउन सोमबार मन्त्रीस्तरीय निर्णय भएको जनाइएको छ। मन्त्रीस्तरिए निर्णय अनुसार क्षेत्राधिकारभित्र पर्ने अन्यको हकमा पनि विभागीय कारबाही अघि बढ्ने भएको छ।
प्रकाशित मिति: १६:४७ बजे, सोमबार, वैशाख ३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार