Kathmandu Press

गुल्मीमा आगो निभाउने क्रममा एकजनाकाे मृत्यु, एक घाइते

गुल्मीकाे मुसिकोट नगरपालिका-१ तल्लो पौदीस्थित सर्वोदय माविको सल्लाघारीमा लागेको आगो निभाउने क्रममा घर्ती लडेर घाइते भएका थिए। गुल्मी अस्पतालमा उपचारको क्रममा उनकाे मृत्यु भएको प्रहरीले जनाएको छ।
गुल्मीमा आगो निभाउने क्रममा एकजनाकाे मृत्यु, एक घाइते
Hardik ivf

गुल्मी, वैशाख ३ : गुल्मीकाे मुसिकोटमा डढेलाे नियन्त्रणमा लिने क्रममा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ५८ वर्षका महले घर्ती रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएकाे छ।

गुल्मीकाे मुसिकोट नगरपालिका-१ तल्लो पौदीस्थित सर्वोदय माविको सल्लाघारीमा लागेको आगो निभाउने क्रममा घर्ती लडेर घाइते भएका थिए। गुल्मी अस्पतालमा उपचारको क्रममा उनकाे मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सोही ठाउँमा आगो निभाउने क्रममा ५२ वर्षका रेशम थापा घाइते भएका छन्। उनको गुल्मी अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: १६:२४ बजे, सोमबार, वैशाख ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्