Kathmandu Press

विश्वविद्यालयको छाता ऐन बनाउन आवश्यक छ : प्रदीप पौडेल

छलफलमा नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले विश्वविद्यालयको एउटा छाता ऐन बनाउन आवश्यक रहेको बताए। विश्वविद्यालय कलेजसरह भएको भन्दै छाता ऐन बनाएर त्यो ऐनको प्रवन्धभित्र विश्वविद्यालयहरु खोल्न सकिने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ। 
विश्वविद्यालयको छाता ऐन बनाउन आवश्यक छ : प्रदीप पौडेल

काठमाडौं, वैशाख ३ : शिक्षा समितिमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि संशोधनकर्तासँग छलफल भएको छ। 
सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तरगतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सो विधेयक माथि संशोधनकर्तासँग छलफल भएको हो। 

छलफलमा नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले विश्वविद्यालयको एउटा छाता ऐन बनाउन आवश्यक रहेको बताए। विश्वविद्यालय कलेजसरह भएको भन्दै छाता ऐन बनाएर त्यो ऐनको प्रवन्धभित्र विश्वविद्यालयहरु खोल्न सकिने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ। 

Hardik ivf

उनले भने,‘मन्त्रीज्युलाई मेरो आग्रह के हो भने यति धेरै विश्वविद्यालय किन चाहिएको हो ? विश्वविद्यालय कलेज सरह हो? हामी हरेक विश्वविद्यालयको ऐन बनाउन राष्ट्रिय सभा प्रतिनिधिसभामा छुट्टा छुट्टै छलफल अथवा हरेक विश्वविद्यालयको ऐनको बारेमा छलफल किन गछौं ? विश्वविद्यालयको छाता ऐन बनाउन सकिँदैन् ? छाता ऐन बनाएर त्यो ऐनको प्रवन्धभित्र विश्वविद्यालयहरु खोल्न सकिने व्यवस्था गर्न सकिँदैन्?’

उनले संघबाटै विश्वविद्यालयलाई स्वीकृत गर्ने हो भने भएका विश्वविद्यालय भन्दा फरक ढङ्गबाट शिक्षा, ज्ञान प्रदान गर्ने र  दक्ष जनशक्ति उत्पादन गर्ने परिस्थिति निर्माण हुने दावी गरे।
 
प्रकाशित मिति: १६:११ बजे, सोमबार, वैशाख ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्