Kathmandu Press

सन्दीपको मुद्दामा उच्च अदालतमा सुनुवाइ सुरु 

उच्च अदालतका न्यायाधीश मुनेन्द्र प्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासमा पेसी तय भएको छ।
सन्दीपको मुद्दामा उच्च अदालतमा सुनुवाइ सुरु 

काठमाडौं, वैशाख ३ : क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारसम्वन्धी मुद्दामा उच्च अदालत पाटनमा सुनुवाइ प्रारम्भ भएको छ।

उच्च अदालतका न्यायाधीश मुनेन्द्र प्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासमा पेसी तय भएको छ।

Hardik ivf

गत चैत २३ गते उच्चका न्यायाधीश नृपध्वज निरौला र कृष्णराम कोइरालाको संयुक्त इजलासले सुनुवाईका लागि दुवै पक्षलाई झिकाउन आदेश दिँदै सोमवारका लागि पेसी तोक्न आदेश गरेको थियो। अहिले संयुक्त इजलासमा सुनुवाई चलिरहेको छ।

लामिछानेले सफाइको माग गर्दै उच्च अदालतमा पुनरावेदन दिएका छन्। सरकारी वकीलको कार्यालयले नाबालिग बलात्कारकै कसुरमा सजाय हुनुपर्ने मागसहित छुट्टै पुनरावेदन दिएको छ। 

अदालतमा दुवै पुनरावेदन एकसाथ राखेर सुनुवाई चलिरहेको छ। जिल्ला अदालत काठमाडौंले परिवर्तित नाम गौशाला–२६ लाई बलात्कारको आरोपमा सन्दीपलाई ८ वर्ष कैदको फैसला सुनाएको थियो।

उच्च अदालतले मुद्दाको अन्तिम किनारा नलागेसम्म थुनाबाहिरै रहेर मुद्दा लड्ने सुविधा सन्दीपलाई दिएको छ। उनलाई ३ लाख रुपैयाँ जरिवाना पनि भराउने फैसला समेत भएको छ। 

प्रकाशित मिति: १५:५४ बजे, सोमबार, वैशाख ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्