Kathmandu Press

मिडियाकर्मी बस्नेतलाई अमेरिकामा ‘युनेस्को युथ पिस एम्बेसडर अवार्ड’

सन् २०११ बाट विभिन्न क्षेत्रमा रही युवा र शान्तिका लागि योगदान पुर्‍याउने व्यक्तिहरूलाई हरेक वर्ष यो अवार्ड दिँदै आएको छ।
मिडियाकर्मी बस्नेतलाई अमेरिकामा ‘युनेस्को युथ पिस एम्बेसडर अवार्ड’

काठमाडौं, वैशाख ३ : मिडियाकर्मी मनोज बस्नेतलाई ‘युनेस्को युथ पिस एम्बेसडर अवार्ड’ प्रदान गरिएको छ।

अमेरिकाको लसएन्जल्समा आयोजित १८ औं युथ पिस एम्बेसडर ट्रेनिङ वर्कसपबीच बस्नेतलाई अमेरिकास्थित युवा युनेस्को क्लब, अमेरिकन युनिभर्सिटी अफ सोभर नेशन्स, युबिओस एथिक्स इन्स्टिच्युट (न्युजिल्याण्ड र जापान), फिलिपिन्स एसोसियसन अफ एक्सटेन्सन प्रोग्राम इम्पिमेन्टर्सलगायतले संयुक्त रूपमा सन् २०२४–२५ का लागि युनेस्को युथ पिस एम्बेसडर अवार्ड प्रदान गरिएको हो।

Hardik ivf

सन् २०११ बाट विभिन्न क्षेत्रमा रही युवा र शान्तिका लागि योगदान पुर्‍याउने व्यक्तिहरूलाई हरेक वर्ष यो अवार्ड दिँदै आएको छ। हालसम्म ६५ देशका व्यक्तिहरूले यो उपाधि पाइसकेका छन्। ‘मिडियामा रही बस्नेतले युवा र शान्तिका लागि निभाएको भूमिकाको मूल्यांकन गर्दै अन्तर्राष्ट्रियस्तरमा यो अवार्ड दिएका हौं’, अवार्ड हस्तान्तरण कार्यक्रममा अमेरिकी युनिभर्सिटी सोभर नेशन्स यूएसएका प्रेसिडेन्ट प्रा.डा. ड्यालरले भने, ‘आगामी दिनमा उनले अझै युवा र शान्तिका लागि योगदान गर्ने विश्वास लिएका छौं।’

युथ युनेस्को क्लब यूएसएका प्रेसिडेन्ट रिमेश खनालले अवार्डसँगै अन्तर्राष्ट्रिय फोरमहरू पाउने विश्वास व्यक्त गरे। खनालले भने, ‘संसारभरबाट विभिन्न विधामा रही युवा र शान्तिका लागि योगदान पुर्‍याउने सयौंबाट उहाँलाई यसका लागि योग्य ठहर्‍याइ एम्बेसडर प्रदान गरेका हौं।’

खनालका अनुसार ‘मिडियामा युवा र शान्ति’ विधाबाट बस्नेतलाई छनोट गरिएको हो। रिपोर्टर हुँदै मिडिया म्यानेजर बनेका बस्नेत विगत १७ वर्षदेखि मिडियामा आवद्ध छन्। हाल उनी कान्तिपुर मिडिया ग्रुपको बिक्री वितरण, प्रेस तथा रिजनल विभागको प्रमुख छन्।

प्रकाशित मिति: १५:११ बजे, सोमबार, वैशाख ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्