Kathmandu Press

एक्सरे मेसिन बिग्रँदा सामान जाँचपासमा समस्या भएको भन्दै कार्गो व्यवसायी आन्दोलित

कार्गो एक्सरे मेशिन बिग्रेको डेढ महिना हुँदा पनि मर्मत वा नयाँ किन्ने काम नभएको भन्दै उनीहरु सामान निकासी बन्द गरेर आन्दोलित भएका हुन्।
एक्सरे मेसिन बिग्रँदा सामान जाँचपासमा समस्या भएको भन्दै कार्गो व्यवसायी आन्दोलित

काठमाडाैं, वैशाख ३ : त्रिभुवन विमानस्थल भन्सार कार्यालयको कार्गो एक्सरे मेसिन बिग्रँदा सामान जाँचपास गराउन समस्या भएको भन्दै कार्गो व्यवसायीहरु आन्दोलित भएका छन् ।

कार्गो एक्सरे मेशिन बिग्रेको डेढ महिना हुदा पनि मर्मत वा नयाँ किन्ने काम नभएको भन्दै उनीहरु सामान निकासी बन्द गरेर आन्दोलित भएका हुन्।

Hardik ivf

मेशिन बिग्रदा धेरै समस्या भएको र पटक पटक सरोकारवालाहरुलाई ध्यानाकर्षण गराउदा पनि मर्मत नगरिएकाले बाध्य भएर सामान निकासीको काम बन्द गर्नुपरेको कार्गो व्यवसायी खेमराज सुवेदीले जानकारी दिए। सामान निकासी जाँचपाचको क्रममा समस्या भएपनि नेपाल पारावाहन तथा गोदाम लिमिटेड वेवास्ता गरेको उहाले बताए।

एक्सरे मेशिन बनाउन वा नयाँ खरिद गर्न आफुहरुले ध्यानकर्षण गराएपनि बजेट नभएको जवाफ पाएको सुवेदीले बताए। उनले एक्सरे मेशिन नवनेसम्म कुनै पनि सामान क्लियरिङ नगर्ने र फरवार्डिङ पनि नगर्ने बताए। 

प्रकाशित मिति: १४:३० बजे, सोमबार, वैशाख ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्