Kathmandu Press

प्रधामन्त्रीद्वारा नागढुंगा–नाैबिसे मुख्य सुरुङमार्ग 'ब्रेक थ्रु'

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उच्च अधिकारीहरू समेतको उपस्थितिमा सुरुङभित्रै गरिएकाे एक औपचारिक कार्यक्रमका बीच स्विच थिचेर  'ब्रेक थ्रु'काे घाेषणा गरेकाे नागढुंगा सुरुङ निर्माण परियोजनाले जानकारी दिएकाे छ। 
प्रधामन्त्रीद्वारा नागढुंगा–नाैबिसे मुख्य सुरुङमार्ग 'ब्रेक थ्रु'

काठमाडौं, वैशाख ३ : बनाउन थालिएको करिब साढे चार वर्षपछि नागढुंगा–नौबिसे मुख्य सुरुङमार्गको 'ब्रेक थ्रु' भएको छ। आपतकालीन सुरुङ साउन २२ गते नै छेडिएको भए पनि मुख्य सुरुङमार्ग सोमबार 'ब्रेक थ्रु' गरिएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उच्च अधिकारीहरू समेतको उपस्थितिमा सुरुङभित्रै गरिएकाे एक औपचारिक कार्यक्रमका बीच स्विच थिचेर 'ब्रेक थ्रु'काे घाेषणा गरेकाे नागढुंगा सुरुङ निर्माण परियोजनाले जानकारी दिएकाे छ। 

Hardik ivf

सुरुङ छेडिए पनि बाँकी काम सकिएर गाडी गुड्न भने एक वर्ष लाग्ने सुरुङमार्ग निर्माण आयोजनाले जानकारी दिएको छ। सो सुरुङमार्ग प्रयोगमा आइसकेपछि काठमाडौंको बलम्बु हुँदै धादिङको सिस्नेखोला ३ मिनेटमै आउजाउ हुने आयोजनाको भनाइ छ। मुख्य सुरुङ २.६८८ किलोमिटर र आपतकालीन सुरुङ २.५५७ किलोमिटर लामो छ।

यो सुरुङ मार्ग हाजमा आन्दो कर्पोरेसन जापानले बनाइरहेको छ। 

प्रकाशित मिति: १४:२५ बजे, सोमबार, वैशाख ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्