Kathmandu Press

कोरोनापछि चीनमा हन्ता भाइरस, एकको मृत्यु

काठमाडौ, चैत १२ : कोरोना भाइरस नियन्त्रणमा नआउँदै चीनमा हन्ता भाइसरको संक्रमण देखिएको छ। यसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ।

चिनियाँ सञ्....

कोरोनापछि चीनमा हन्ता भाइरस, एकको मृत्यु

काठमाडौ, चैत १२ : कोरोना भाइरस नियन्त्रणमा नआउँदै चीनमा हन्ता भाइसरको संक्रमण देखिएको छ। यसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ।

चिनियाँ सञ्चारमाध्यमहरुका अनुसार चीनको युनान प्रान्तमा एकजनाको हन्ता भाइरसका कारण मृत्यु भएको हो। मृतक व्यक्ति एक बसमा सवार रहेको जनाइएको छ।

उनको मृत्युपछि बसमा रहेका अन्य ३२ जनाको पनि स्वास्थ्य परीक्षण गरिएको छ। तर, अन्य व्यक्तिमा हन्ता भाइरस भएको वा नभएको पुष्टि भइसकेको छैन।

चिकित्सकहरुका अनुसार हन्ता भाइरस विभिन्न भाइरसहरुको समूह हो। जुन मुसाहरुमा रहन्छ। तर, मुसालाई भने यो भाइरसले कुनै असर नगरेपनि मानिसका लागि भने यो भाइरस घातक साबित भएको छ।

यो भाइरसका कारण रक्तश्राव हुने, ज्वरो आउने, स्वासप्रस्वासमा समस्या हुनेलगायतका समस्याहरु आउँछन्।
    

 

प्रकाशित मिति: ०९:२४ बजे, बुधबार, चैत १२, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्