सांसदहरूलाई बिनाजानकारी विदेश नजान ओलीकाे निर्देशन
सोमबार संसदीय दलको बैठकमा बोल्दै उनले सांसदहरू कहीँ कतै जानुपरेमा दलको नेता, उपनेता, प्रमुख सचेतकलाई जानकारी दिएर मात्र जान निर्देशन दिएका हुन्।---frame-at-2m42s-1706858683.jpg)
काठमाडौं, वैशाख ३ : एमाले अध्यक्ष केपी ओलीले आफ्ना सांसदहरूलाई बिनाजानकारी विदेश नजान निर्देशन दिएका छन्।
सोमबार संसदीय दलको बैठकमा बोल्दै उनले सांसदहरू कहीँ कतै जानुपरेमा दलको नेता, उपनेता, प्रमुख सचेतकलाई जानकारी दिएर मात्र जान निर्देशन दिएका हुन्।
विगतमा रातो पासपोर्ट लगायत काण्डमा फसेपछि पुनः सांसद हुन नपाउने गरी सांसदहरूलाई पार्टीले कारबाही गर्नुपरेको स्मरण उनले गराए। दलका नेता र प्रमुख सचेतकलाई थाहा नै बाहिर जाँदा कोही फसेमा पार्टी जिम्मेवार नहुने उनकाे भनाइ थियाे। उनले ठगहरूबाट पनि जोगिनुपर्ने भन्दै माननीय नै ठगिएको भन्ने समाचार आए राम्रो नहुने पनि बताए।
अध्यक्ष ओलीले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई जिताउन सहयोग गर्न समेत आसपासका सांसदहरूलाई निर्देशन दिए।
प्रकाशित मिति: १४:०१ बजे, सोमबार, वैशाख ३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












