Kathmandu Press

नागढुंगा-नौबिसे सुरुङमार्ग 'ब्रेक थ्रु' हुँदै

आपतकालीन सुरुङ साउन २२ गते नै छेडिएको भए पनि मुख्य सुरुङमार्ग सोमबार 'ब्रेक थ्रु' हुने भएकाे हो।
नागढुंगा-नौबिसे सुरुङमार्ग 'ब्रेक थ्रु' हुँदै

काठमाडौं, वैशाख ३ : बनाउन थालिएको करिब साढे चार वर्षपछि नागढुंगा–नौबिसे खोला मुख्य सुरुङमार्गकाे 'ब्रेक थ्रु' हुने भएको छ। आपतकालीन सुरुङ साउन २२ गते नै छेडिएको भए पनि मुख्य सुरुङमार्ग सोमबार 'ब्रेक थ्रु' हुने भएकाे हो।

ब्रेक थ्रुका लागि पूर्ण तयारी अवस्थामा रहेकाे र केहीबेरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएकाे छ। प्रधानमन्त्री दाहालसहित उच्च अधिकारीहरू समेतको उपस्थितिमा औपचारिक कार्यक्रमका बीच सुरुङ छेड्ने कार्यक्रम तय भएको नागढुंगा सुरुङ निर्माण परियोजनाका उपनिर्देशक गोविन्द दुमरुले जानकारी दिए । 

Hardik ivf

सुरुङ छेडिए पनि बाँकी काम सकिएर गाडी गुड्न भने एक वर्ष लाग्ने सुरुङमार्ग निर्माण आयोजनाले जानकारी दिएको छ। सो सुरुङमार्ग प्रयोगमा आइसकेपछि काठमाडौंको बलम्बु हुँदै धादिङको सिस्नेखोला ३ मिनेटमै आउजाउ हुने आयोजनाको भनाइ छ। मुख्य सुरुङ २.६८८ किलोमिटर र आपतकालीन सुरुङ २.५५७ किलोमिटर लामो छ।

यो सुरुङ मार्ग हाजमा आन्दो कर्पोरेसन जापानले बनाइरहेको छ। 

प्रकाशित मिति: १३:४८ बजे, सोमबार, वैशाख ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्