वैवाहिक बलात्कार आरोपमा न्यायाधीश गिरी जेल चलान
गिरीले सोमबार जिल्ला अदालत काठमाडौंमा आत्मसमर्पण गरेका थिए। त्यसपछि उनलाई कैद सजाय तोकेर थुनामा पठाइएको हो।
काठमाडौं, वैशाख ३ ः वैवाहिक बलात्कारको आरोपमा दोषी ठहर गरिएका न्यायाधीश भुवन गिरी जेल चलान भएका छन्।
गिरीले सोमबार जिल्ला अदालत काठमाडौंमा आत्मसमर्पण गरेका थिए। त्यसपछि उनलाई कैद सजाय तोकेर थुनामा पठाइएको हो।
गत चैत २१ गते सर्वोच्च अदालतका न्यायाधीशहरू हरि फुयाल र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले तल्लो अदालतको आदेश बदर गर्दै गिरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।
वैवाहिक बलात्कारसम्वन्धी मुद्दामा काठमाडौं जिल्ला अदालत र पाटन उच्च अदालतले गिरीलाई धरौटीमा छाड्न आदेश दिएको थियो ।
गिरी पत्नी आरती रावलले आफूलाई घरेलु हिंसा, यौनशोषण र अप्राकृतिक मैथुन गरेको दाबीसहित दिएको प्रहरी जाहेरी अनुरुप उनीमाथि मुद्दा चलाइएको थियो ।
प्रकाशित मिति: १३:२७ बजे, सोमबार, वैशाख ३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












