एकीकृत समाजवादी दक्षिणपन्थी अवसरवादी चरित्र बाेकेको पार्टी : ओली
सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको गठबन्धनलाई समर्थन गरेको भन्दै ओली एकीकृत समाजवादीविरूद्ध आक्रोशित बनेका छन्।-1713015136.png)
काठमाडौं, वैशाख ३ : एमाले अध्यक्ष केपी ओलीले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई दक्षिणपन्थी अवसरवादी चरित्र बाेकेकाे पार्टी भएकाे बताएका छन्।
सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको गठबन्धनलाई समर्थन गरेको भन्दै ओली एकीकृत समाजवादीविरूद्ध आक्रोशित बनेका छन्।
आफूहरूसँग हुँदा नाउपालाई मुख्यमन्त्री दिन नसक्ने भनेकाे एकीकृत समाजवादीले कांग्रेसलाई जिताउने र समीकरण कमजोर बनाउन उसैलाई पहिलो कार्यकाल दिन तयार भएपछि दक्षिणपन्थी अवसरवादलाई नांगो रूपमा देखिएकाे ओलीकाे भनाइ थियाे।
उनले जनतामा आशा पलाइरहेको बेलामा विपक्षीहरुको आशा पलाउने गरी एकीकृत समाजवादीले अराजनीतिक कदम चालेको बताए। ‘विपक्षीहरुको आशा पलाउने गरी र जनतामा केही मात्रामा भए पनि निराशा पलाउने गरी त्यस पार्टीले कदम चाल्यो।’
आन्तरिक रुपमा एकीकृत समाजवादीको बोली र व्यवहार बार्गेनिङ गर्ने खालकै भएको र सुदूरपश्चिममा बाहिरै प्रकट भएको र त्यसले केही फरक नपार्ने उनले बताए।












