Kathmandu Press

राप्रपाको आन्दोलनमा घाइते भएका डाँगीको मृत्यु

बर्दियाको मधुवन नगरपालिको राप्रपा अध्यक्ष समेत रहेका डाँगीको उपचारको क्रममा वीरेन्द्र सैनिक अस्पताल छाउनीमा सोमबार बिहान मृत्यु भएको हो।
राप्रपाको आन्दोलनमा घाइते भएका डाँगीको मृत्यु

काठमाडौं, वैशाख ३ : गत चैत २७ गते राप्रपाले काठमाडौंमा गरेको आन्दोलनका क्रममा घाइते भएका ठाकुरप्रसाद डाँगीको मृत्यु भएको छछ।

बर्दियाको मधुवन नगरपालिको राप्रपा अध्यक्ष समेत रहेका डाँगीको उपचारको क्रममा वीरेन्द्र सैनिक अस्पताल छाउनीमा सोमबार बिहान मृत्यु भएको हो।

Hardik ivf

डाँगीको शव आज मध्याह्न १२ बजे पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका राखिने राप्रपाले जनाएको छ।

आन्दोलनका क्रममा प्रहरीले अश्रुग्याँस प्रहार गरेपछि श्वासप्रश्वासको समस्याबाट पीडित डाँगीको स्वस्थ्यमा समस्या आएको थियो। लगत्तै उनलाई अस्प्ताल लगिएको थियो।

प्रकाशित मिति: १०:४४ बजे, सोमबार, वैशाख ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्