एमाले संसदीय दलको बैठक बस्दै
बैठक आज बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्ने तय भएको छ।
काठमाडौं, वैशाख ३ : आज सत्तारुढ दल नेकपा एमालेको संसदीय दलको बैठक बस्दै छ। बैठक आज बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्ने तय भएको छ।
एमालेले आजको बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल गर्नुका साथै सांसदका काम कारबाहीको समीक्षा गर्ने जनाएको छ।
यस्तै संसदीय समितिहरुमा कसरी प्रस्तुत हुने तथा समितिमा रहेका विचाराधीन विधेयकहरूको सन्दर्भमा समेत एमाले संसदीय दलले छलफल गर्दै छ।
प्रकाशित मिति: ०९:५५ बजे, सोमबार, वैशाख ३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












