Kathmandu Press

नयाँ सत्ता समीकरणले मुलुकलाई सही दिशामा लैजान थाल्यो : एमाले

उनले केन्द्र सरकारमा जुन जुन राजनीतिक दलबीच सहकार्य भएको छ, प्रदेश तहमा पनि त्यही राजनीतिक दलबीच सहकार्य हुने जनाउँदै सुदूरपश्चिम प्रदेशमा पनि सत्ता गठबन्धन दलबीच नै सहकार्य बताए।
नयाँ सत्ता समीकरणले मुलुकलाई सही दिशामा लैजान थाल्यो : एमाले

काठमाडौं, वैशाख २ : नयाँ सत्ता समीकरणले मुलुकलाई सही दिशामा लैजान थालेको निष्कर्ष नेकपा एमालेले निकालेको छ।

आइतबार च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले नयाँ सत्ता समीकरणले सकारात्मक रहेको मुलुकलाई सही दिशामा ल्याउन सफल भएको निष्कर्ष निकालेको हो।

Hardik ivf

सरकारले जनतालाई अझ विश्वास जगाउने काममा गति ल्याउनुपर्ने निष्कर्ष निकालेको बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले बताए।  बैठकले यही वैशाख ८ र ९ गते हुने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको कार्यसूचीसमेत तय उनले जनाए।

गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा हुने परिषद् बैठकमा दुई हजार एक सय ५३ महाधिवेशन प्रतिनिधिसहित करिब दुई हजार पाँच जना सहभागी हुने उपमहासचिव ज्ञवालीले बताए। बैठकमा आगामी निर्वाचनमा एमालेलाई निर्णायक शक्ति बनाउनेबारेमा छलफल हुने उनले बताए।

उपमहासचिव ज्ञवालीले कम्युनिष्ट पार्टी स्थापना भएको सय वर्षमा मुलुकलाई समुन्नत, समृद्ध र विश्वको अन्य देशको हाराहारी मुलुकलाई पुर्याउने सकल्प पार्टीले लिएको बताए।

उनले केन्द्र सरकारमा जुन जुन राजनीतिक दलबीच सहकार्य भएको छ, प्रदेश तहमा पनि त्यही राजनीतिक दलबीच सहकार्य हुने जनाउँदै सुदूरपश्चिम प्रदेशमा पनि सत्ता गठबन्धन दलबीच नै सहकार्य बताए।

प्रकाशित मिति: २१:०९ बजे, आइतबार, वैशाख २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्