Kathmandu Press

लखनउमाथि कोलकाताको सहज जित

आइतबार इडेन गार्डेनमा भएको खेलमा तीव्र गतिका बलर मिचेल स्टार्क र ओपनर फिल सल्टको उत्कृष्ट प्रदर्शन गरेपछि कोलकाताले लखनउ सुपर जायन्ट्समाथि ८ विकेटको जित निकाल्यो।
लखनउमाथि कोलकाताको सहज जित

काठमाडाैं, वैशाख २ : इन्डियन प्रिमियर लिग (आईपिएल)मा कोलकाता नाइट राइडर्स विजयी भएकोछ। आइतबार इडेन गार्डेनमा भएको खेलमा तीव्र गतिका बलर मिचेल स्टार्क र ओपनर फिल सल्टको उत्कृष्ट प्रदर्शन गरेपछि कोलकाताले लखनउ सुपर जायन्ट्समाथि ८ विकेटको जित निकाल्यो।

लखनउले दिएको १६२ रनको लक्ष्य कोलकाताले १५.४ ओभरमा २ विकेट मात्रै गुमाउँदै भेट्टायो। उसका लागि सल्ट ४७ बलमा १४ चौका र ३ छक्का प्रहार गर्दै नटआउट ८९ रन बनाए।

Hardik ivf

यस्तै, कप्तान श्रेयस ऐयर ३८ बलमा ६ चौकासहित ३८ रनमा नट आउट रहे। सल्ट र ऐयरले तेस्रो विकेटका लागि १२० रनको साझेदारी गरे। यो कोकलाताका लागि तेस्रो विकेटको सर्वार्धिक ठूलो साझेदारी हो।

बलिङमा लखनउका मोहसिन खानले २ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको लखनऊले २० ओभरमा ७ विकेटको क्षतिमा १६१ रन बनायो । उसका लागि निकोलस पुरनले ३२ बलमा २ चौका र ४ छक्कासहित सर्वाधिक ४५ रन बनाए। यस्तै, कप्तान केएल राहुल ३९, आयुश बधोनी २९ र मार्कस स्टोइनिसले १० रन बनाए।

लखनउलाई सस्तैमा रोक्ने क्रममा मिचेल स्टार्कले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए। वैभव आरोरा, सुनिल नारायण, बरुणचक्रवर्ती र आन्द्रे रसेलले समान विकेट लिए।

५ खेलमा चौथो जित निकालेको कोलकाता ८ अंकसहित दास्रो स्थानमा छ। ६ खेलमा ५ जितसहित राजस्थान शीर्ष स्थानमा छ। यता, लखनउ भने ६ खेलमा ३ जितसहित ६ अंक जोड्दै चौथो स्थानमा छ।

प्रकाशित मिति: १९:५२ बजे, आइतबार, वैशाख २, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्