Kathmandu Press

‘नेता–व्यवसायी विमतिले मुलुक गम्भीर भूराजनीतिक भूमरीमा’

‘सन्धिपछि नै अधिकांश उद्योगधन्दा बन्द भए केही प्रतिस्पर्धा गर्न नसकेर गए, अहिले पनि त्यस्तै छ नि । भारतीय बजारले पटक पटक नेपालको अर्थतन्त्र निमोठेको छ,’ उनले भने।
‘नेता–व्यवसायी विमतिले मुलुक गम्भीर भूराजनीतिक भूमरीमा’

काठमाडौं, वैशाख २ : नेपाल समाजवादी पार्टीको अध्यक्षमा डा. बाबुराम भट्टराईले नेता र व्यवसायीहरुमा एकअर्काको खुट्टा तान्ने प्रवृति हाबी हुँदा मुलुक गम्भीर भूराजनीतिक भुमरीमा फसेको टिप्पणी गरेका छन्।

काठमाडौंमा आइतबार आयोजित ‘नेपालको आर्थिक–सामाजिक क्षेत्रमा वैदेशिक लगानीको प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अर्थ–राजनीतिक सम्बन्धहरुबारे ध्यान नदिँदा नेपालको अर्थतन्त्र परनिर्भर रहेको बताए।

Hardik ivf

‘यहाँ नेता र व्यवसायीहरु एकअर्काका खुट्टा तान्नमै व्यस्त रहे। जसकारण मुलुक गम्भीर भूराजनीतिक भुमरीमा फस्यो। हामी अर्थ–राजनीतिक सम्बन्धबारे ध्यान दिइरहेका छैनौं,’ उनले भने, खाली भौगोलिक, राष्ट्रियता र सीमाका कुरा त हामी गर्छौं।’

सुगौली सन्धिपछि भारतसँगको खुला सिमानाका कारण नेपालको अर्थतन्त्र परनिर्भर भएको उनको भनाइ छ। सुगौली सन्धिपछि नेपालका अधिकांश उद्योगहरु प्रतिस्पर्धा गर्न नसकेर बन्द भएका उल्लेख गर्दै उनले भारतीय बजारले नेपालको अर्थतन्त्र निमोठेको बताए।

‘सन्धिपछि नै अधिकांश उद्योगधन्दा बन्द भए केही प्रतिस्पर्धा गर्न नसकेर गए, अहिले पनि त्यस्तै छ नि । भारतीय बजारले पटक पटक नेपालको अर्थतन्त्र निमोठेको छ,’ उनले भने।

नेपालको बजार अझै पनि कृषि क्षेत्रमा नै निर्भर रहेको बताउँदै उनले कृषिमा वैज्ञानिक क्रान्ति गर्न सकेमात्र अर्थतन्त्र बलियो बन्न सक्ने दाबी गरे।

प्रकाशित मिति: १९:११ बजे, आइतबार, वैशाख २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्