खाद्यवस्तुका पसलहरु निर्बाध रुपमा सञ्चालन गर्न आग्रह
काठमाडौं, चैत्र १२ : सरकारले अत्यावश्यक खाद्यवस्तु बिक्री गर्ने पसलहरु निर्बाध रुपमा सञ्चालन गर्न आग्रह गरेको छ ।
‘लकडाउन’को पहि....

काठमाडौं, चैत्र १२ : सरकारले अत्यावश्यक खाद्यवस्तु बिक्री गर्ने पसलहरु निर्बाध रुपमा सञ्चालन गर्न आग्रह गरेको छ ।
‘लकडाउन’को पहिलो दिन कतिपय आवश्यक खाद्यवस्तु बिक्री हुने पसल समेत बन्द रहेकाले मन्त्रालयले स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार, भन्सार, फोहोरमैला व्यवस्थापन लगायत कारोबार गर्ने पसलहरु बन्द नहुने स्पष्ट पारेको छ ।
यस्तै नेपाल भारत सीमामा अलपत्र परेकालाई प्रवेश दिइएको गृहले जनाएको छ । विज्ञप्तिमा ‘लकडाउन’को व्यवस्थालाई कार्यान्वयन गर्न आमनागरिकलाई आग्रह गरिएको छ।
प्रकाशित मिति: ०७:४६ बजे, बुधबार, चैत १२, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











