Kathmandu Press

‘संसद्काे अधिवेशन अन्त्य स्वभाविक प्रक्रिया हो’

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले फरक ढंगले बजेट कार्यक्रम अघि बढाऔँ भनेर समय लिन खोजेको र संसद् अन्त्य स्वभाविक प्रक्रियामाबाट नै भएको बताइन्।
‘संसद्काे अधिवेशन अन्त्य स्वभाविक प्रक्रिया हो’

काठमाडौं, वैशाख २ : संसद्को चालु अधिवेशन अन्त्य गरेर बैठकमा उठेका विषयबाट भाग्न खोजेको भनेर कांग्रेसले लगाएको आरोपको सरकारले खण्डन गरेको छ।

आइतबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले फरक ढंगले बजेट कार्यक्रम अघि बढाऔँ भनेर समय लिन खोजेको र संसद् अन्त्य स्वभाविक प्रक्रियामाबाट नै भएको बताइन्।

Hardik ivf

मन्त्री शर्माले संसद बैठकमा उठेका विषयबाट भाग्न खोजेको भनेर कांग्रेसले लगाएको आरोप गलत भएको दाबी गरिन्।

‘अब बजेट अधिवेशन नजिक आउँदैछ। यसपटक बजेट कार्यक्रममा नयाँपन दिने पनि हामीले भनेका छौं। त्यही अनुसार सिद्धान्त र प्राथमिकता पारित भइसकेको छ,’ उनले भनिन्, १सिद्धान्त र प्राथमिकतामा धेरै मान्यज्यूहरुका सल्लाह र सुझाव छन्, त्यसलाई परिमार्जन गर्नुपर्ने । नीति तथा कार्यक्रम, बजेटको तयारी गर्नुपर्ने भएकाले सरकारको मुख्य ध्यान त्यतातिर गएको छ । त्यसकारण सरकारले अलि फरक ढंगले बजेट कार्यक्रम अघि बढाउन खोजेको हो।’

संसद् अन्त्य स्वभाविक प्रक्रियामा भएको भन्दै मन्त्री शर्माले यसलाई अन्य अर्थमा नबुझ्न आग्रह गरिन्।

प्रकाशित मिति: १८:४३ बजे, आइतबार, वैशाख २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्