‘प्रतिपक्षीले विरोध गर्न पाउने भए पनि संसद रोक्न मिल्दैन’
उनले अध्यादेशको बाटोबाट नभइ सकेसम्म सदनबाटै बाँकी रहेका कानूनहरुलाई अघि बढाउने वातावरण बनाउनुपर्ने उल्लेख गरे।
काठमाडाैं, वैशाख २ : माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले सदनमा प्रतिपक्षीले विरोध गर्न पाउने भए पनि संसद रोक्न नमिल्ने तर्क गरे।
उनले अध्यादेशको बाटोबाट नभइ सकेसम्म सदनबाटै बाँकी रहेका कानूनहरुलाई अघि बढाउने वातावरण बनाउनुपर्ने उल्लेख गरे।
त्यस्तै एमाले प्रमुख सचेतक महेश बर्तौलाले सदनमा बिजने; हुँदा पनि साना विषय उठाएर सदन अवरुद्ध गर्नु दुखद भएको बताए।
उनले संसदको महत्वपूर्ण कार्यभारलाई नै रोकेर संसद अवरोध गर्ने कांग्रेसको कदम कानून निर्माणको चुनौतीको विषय बन्न पुगेको धारणा राखे।
प्रकाशित मिति: १७:०५ बजे, आइतबार, वैशाख २, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












