Kathmandu Press

‘लाखौं नागरिक ठगिएको विषयमा कांग्रेसले आवाज उठाउँदा सदन बन्द गरियाे’

आइतबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै खतिवडाले सहकारी प्रकरणमा लाखौं नागरिकलाई ठगि गर्दै अर्बाैं रुपैयाँ हिनामिना भएको बिषयमा कांग्रेसले सदनबाट आवाज उठाउदा सदनलाई नै बन्द गर्ने काम भएको बताएका हुन्।
‘लाखौं नागरिक ठगिएको विषयमा कांग्रेसले आवाज उठाउँदा सदन बन्द गरियाे’
Hardik ivf

काठमाडाैं, वैशाख २ : कांग्रेस नेता रामहरि खतिवडाले लाखौं नागरिक ठगिएको विषयमा कांग्रेसले आवाज उठाउदा सदन बन्द गर्ने काम भएको बताएका छन्।

आइतबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै खतिवडाले सहकारी प्रकरणमा लाखौं नागरिकलाई ठगि गर्दै अर्बाैं रुपैयाँ हिनामिना भएको बिषयमा कांग्रेसले सदनबाट आवाज उठाउदा सदनलाई नै बन्द गर्ने काम भएको बताएका हुन्।

सत्तापक्षका नेताहरु बार्दलीमा बसेर निर्णय सुनाउने र तल जनताहरुलाई राख्ने पद्धतीको बिकास यो संसदमा हुन नसक्ने उनले बताए। उनले राणाशासन जस्तो बार्दलीबाट न्याय दिने पद्धतिको अन्त्य गर्नुपर्ने पनि बताए।

प्रकाशित मिति: १६:५९ बजे, आइतबार, वैशाख २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्