Kathmandu Press

इजरायलमा नेपाली श्रमिक सुरक्षित छन् : मन्त्री अर्याल

आइतबार बिहानदेखि इरानले इजरायलको राजधानी तेल अविवलगायतका क्षेत्रमा ड्रोन आक्रमण गरेपछि श्रममन्त्री अर्यालले नेपाली श्रमिकको सुरक्षाको विषयमा चासो व्यक्त गरेका हुन्।
इजरायलमा नेपाली श्रमिक सुरक्षित छन् : मन्त्री अर्याल

काठमाडौं, वैशाख २ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले इजरायलमा रहेको नेपाली श्रमिकको विषयमा चासो व्यक्त गरेका छन्।

आइतबार बिहानदेखि इरानले इजरायलको राजधानी तेल अविवलगायतका क्षेत्रमा ड्रोन आक्रमण गरेपछि श्रममन्त्री अर्यालले नेपाली श्रमिकको सुरक्षाको विषयमा चासो व्यक्त गरेका हुन्।

Hardik ivf

श्रममन्त्री अर्यालले इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालसँग टेलिफोनमा सम्पर्क गरी नेपाली श्रमिकको बारेमा जानकारी लिएका हुन्।

राजदूत रिजालका अनुसार अहिलेसम्म नेपाली श्रमिक सुरक्षित रहेको बताए। साथै दूतावासले अत्यावश्यक बाहेक घरबाट ननिस्कन नेपाली श्रमिकलाई आग्रह गरेको बताए।  इजरायल चार हजार नेपाली छन्।
 
प्रकाशित मिति: १६:४८ बजे, आइतबार, वैशाख २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्