Kathmandu Press

विश्व बैंककाे ६१ करोड ३५ लाख अनुदान सहायता सरकारले स्वीकार गर्ने

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले अनुदान सहायता स्वीकार गरेकाे जानकारी दिइन्।
विश्व बैंककाे ६१ करोड ३५ लाख अनुदान सहायता सरकारले स्वीकार गर्ने

काठमाडाैं, वैशाख २ : सरकारले लैंगिक हिंसाको प्रतिकार्यलाई संस्थागत गर्ने परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने करिब ६१ करोड ३५ लाख रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेकाे छ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले अनुदान सहायता स्वीकार गरेकाे जानकारी दिइन्।

Hardik ivf

त्यस्तै बैठकले अतिरिक्त हुलाक पाँचौँ संशोधन नियमावली २०८० स्वीकृत गरेको छ भने नेपाल मिडिया काउन्सिलसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिने निर्णय भएको उनले बताइन्।

त्यस्तै बैठकले डेडिकेटेड फिड ट्रंक लाइनबाट विद्युत् उपभोग गर्ने ग्राहकहरूको विद्युत् महसुल सम्बन्धी विवाद निरूपण गर्न रायसहित प्रतिवेदन पेस गर्न गठित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिइन्।

प्रकाशित मिति: १६:२० बजे, आइतबार, वैशाख २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्