Kathmandu Press

‘अर्को अधिवेशनमा जान केही समय आवश्यक पर्ने भएकाले याे अधिवेशन अन्त्य गरिएकाे हाे’

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले कांग्रेसको अवरोधका कारण नभई बजेटको तयारी र अर्को अधिवेशन सुरु गर्ने संवैधानिक व्यवस्था अनुसार अधिवेशन अन्त्य गरिएको बताएकी हुन्।
‘अर्को अधिवेशनमा जान केही समय आवश्यक पर्ने भएकाले याे अधिवेशन अन्त्य गरिएकाे हाे’
Hardik ivf

काठमाडाैं, वैशाख २ : सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले संसद्को अधिवेशनबाट अर्को अधिवेशनमा जान संवैधानिक व्यवस्थाअनुसार केही समय आवश्यक पर्ने भएकाले अधिवेशन अन्त्य गरिएको बताएकी छन्।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले कांग्रेसको अवरोधका कारण नभई बजेटको तयारी र अर्को अधिवेशन सुरु गर्ने संवैधानिक व्यवस्था अनुसार अधिवेशन अन्त्य गरिएको बताएकी हुन्।

यस पटकको बजेट फरक ढंगले ल्याउन पनि सरकारले केही समय लिन खोजेको उनको भनाइ छ। उनले संसद अन्त्य स्वाभाविक प्रक्रियामा भएकाले यसलाई अरु अर्थमा बुझ्न नहुने धारणा राखे। प्रवक्ता सहकारी प्रकरणमा सत्यतथ्य खोजिनुपर्ने भन्दै प्रमाण भए जतिसुकै ठूला मान्छे भए पनि कानूनी कारबाही गर्ने स्पष्ट पारिन्।

प्रकाशित मिति: १६:१९ बजे, आइतबार, वैशाख २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्