Kathmandu Press

सरकारले गर्‍याे पाँच सचिवको सरुवा

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको सचिव दिनेश भट्टराईको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरेको छ।
सरकारले गर्‍याे पाँच सचिवको सरुवा

काठमाडौं, वैशाख २ : सरकारले पाँचजना सचिवको सरुवा गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरूकाे सरूवा गरेकाे हाे।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव दिनेश भट्टराईलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरिएको छ भने त्यहाँ कार्यरत सचिव सुमनराज अर्याललाई युवा तथा खेलकुद मन्त्रालयमा लगिएको छ।

Hardik ivf

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयकै अर्का सचिव अर्जुनप्रसाद पोखरेलको सरूवा राष्ट्रिय तथ्यांक कार्यालयमा भएको छ।

उपराष्ट्रपति कार्यालयका सचिव मुकुन्दप्रसाद निरौलालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पुर्‍याइएकाे छ भने त्यहाँका सचिव विनोदप्रकाश सिंहको सरूवा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा भएको छ।

प्रकाशित मिति: १५:५८ बजे, आइतबार, वैशाख २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्