Kathmandu Press

रास्वपा सरकारमा गएकै कारण कांग्रेसले सदन अवरुद्ध गरेको हाे : सन्तोष परियार

संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै परियारले प्रधानमन्त्रीको अफर गरेको पार्टी सरकारमा गएकाले प्रतिशोध साध्न कांग्रेसले संसद अवरुद्ध गरेको टिप्पणी गरेका हुन्। 
रास्वपा सरकारमा गएकै कारण कांग्रेसले सदन अवरुद्ध गरेको हाे : सन्तोष परियार

काठमाडाैं, वैशाख २ : राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले रास्वपा सरकारमा गएकै कारण कांग्रेसले सदन अवरुद्ध गरेको टिप्पणी गरेका छन्। 

संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै परियारले प्रधानमन्त्रीको अफर गरेको पार्टी सरकारमा गएकाले प्रतिशोध साध्न कांग्रेसले संसद अवरुद्ध गरेको टिप्पणी गरेका हुन्। उनले कांग्रेसले राजनीतिक कारण नभई व्यक्ति र जनमत प्राप्त रास्वपाको अस्वित्वलाई स्वीकार गर्न नसकेको जिकिर गरे।

Hardik ivf

सदनको गतिरोध अन्त्यका लागि धेरै पटक छलफल, संवाद गरे पनि कांग्रेसले अडान नछाडेपछि अहिलेको अवस्था आएको उनले बताए। परियारले कांग्रेसको विरोधका कारण सरकार भागेको नभई समयमा नै बजेट ल्याउन र सदनको काम कारबाही प्रभावकारी बनाउन चालु अधिवेशन अन्त्य गरेको धारणा राखे।

उनले बजेट अधिवेशनसम्म सवै कुरा छर्लंग हुने बताए।

प्रकाशित मिति: १४:५१ बजे, आइतबार, वैशाख २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्