कांग्रेस संसदीय मर्यादामा चल्न नसकेको ओलीकाे आरोप
सहमतिका साथ अघि बढ्न एमालेले समन्वयकारी काम गरेको भन्दै कांग्रेस तर्कमा आउन नसकेको उनकाे भनाइ थियाे।
काठमाडाैं, वैशाख २ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस संसदीय मर्यादामा चल्न नसकेको आरोप लगाएका छन्।
आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले कांग्रेसले आक्रोश र पीडाले जे पायो त्यही बोलिरहेको र संसदीय मर्यादामा चल्न नसकेको आरोप लगाएका हुन्।
सहमतिका साथ अघि बढ्न एमालेले समन्वयकारी काम गरेको भन्दै कांग्रेस तर्कमा आउन नसकेको उनकाे भनाइ थियाे। जनताको नाम लिएर कांग्रेसले सदनमा आफ्नो कुण्ठा पोख्ने काम गरेको भन्दै ओलीले उत्तेजना नभइ संयमित ढंगले विधि अनुसार समाधान खोज्नुपर्नेमा जोड दिए।
उनले कांग्रेसको विरोधका कारण नभई बजेट तयारीका लागि अहिलेको अधिवेशन अन्त्य गरिएको पनि बताए।बजेट अधिवेशनका लागि १५ दिनको ग्याप राख्नुपर्ने र जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक अवस्थालाई बुझ्नुपर्ने उनको भनाइ छ।
प्रकाशित मिति: १३:४९ बजे, आइतबार, वैशाख २, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












