Kathmandu Press

इजरायली दूतावासले नेपालीलाई भन्याे- अत्यावश्यक अवस्थामा बाहेक घरबाहिर ननिस्कनू

आज बिहानैदेखि इरानले इजरायलको राजधानी तेल अबिबलगायत क्षेत्रमा ड्रोन आक्रमण गरेपछि दूतावासले सार्वजनिक सूचना जारी गरेर स्थानीय सुरक्षा प्रोटोकलको पालना गर्न, सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन, आफ्नो सुरक्षामा ध्यान दिन आग्रह गरेको हो।
इजरायली दूतावासले नेपालीलाई भन्याे- अत्यावश्यक अवस्थामा बाहेक घरबाहिर ननिस्कनू

काठमाडौं, वैशाख २ : इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीहरूलाई अत्यावश्यक अवस्थामा बाहेक घरबाहिर ननिस्कन अनुरोध गरेको छ। 

आज बिहानैदेखि इरानले इजरायलको राजधानी तेल अबिबलगायत क्षेत्रमा ड्रोन आक्रमण गरेपछि दूतावासले सार्वजनिक सूचना जारी गरेर स्थानीय सुरक्षा प्रोटोकलको पालना गर्न, सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन, आफ्नो सुरक्षामा ध्यान दिन आग्रह गरेको हो।

Hardik ivf

‘इजरायलमाथि इरानी हमला सुरू भएको सन्दर्भमा हालै इजरायली होम फ्रन्ट कमाण्डद्वारा सर्वसाधारणका लागि नयाँ निर्देशनहरू जारी भएका छन्,' दूतावासद्वारा जारी सूचनामा भनिएको छ, 'आगामी सोमबार राति ११ बजेसम्म लागु हुने गरी शैक्षिक क्रियाकलाप बन्द गर्ने र ठुलो स्तरको सभा–भेला नगर्ने भनी निर्देशन जारी भएको हुँदा आवश्यक सुरक्षाका लागि नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलहरूको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचनाबारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत हार्दिक अनुरोध गर्दछौं।’

कुनै समस्या परेको खण्डमा दूतावासका द्वितीय सचिव कुमारबहादुर श्रेष्ठलाई ०५२८२८९३०० र सहचारी सञ्जयकुमार साहलाई ०५४५५८२०७७ मा सम्पर्क गर्न पनि दूतावासले आग्रह गरेको छ।

परराष्ट्र मन्त्रालयका अनुसार इजरायलमा हाल ४५ सय नेपाली श्रमिक केयरगिभरका रूपमा कार्यरत छन्। अनौपचारिक तथ्यांक अनुसार भने योभन्दा तेब्बर बढी संख्यामा नेपालीहरू इजरायलमा रहेको अनुमान गरिन्छ। इरानले गए राति इजरायलमा दुईसय भन्दा बढी ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

प्रकाशित मिति: १३:१७ बजे, आइतबार, वैशाख २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्