Kathmandu Press

धादिङकाे दाउन्ने खोलामा ट्रक दुर्घटना, एक जनाको मृत्यु, आठ घाइते

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार मृत्यु हुनेको पहिचान खुल्न बाँकी छ।
धादिङकाे दाउन्ने खोलामा ट्रक दुर्घटना, एक जनाको मृत्यु, आठ घाइते

काठमाडौं, वैशाख २ : धादिङकाे दाउन्ने खोलामा मिनी ट्रक दुर्घटना भएकाे छ। उक्त दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने ट्रकमा सवार ८ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पतेनीबाट मल लिएर बारीमा जाँदै गरेको बा३ख ८९४७ नम्बरको मिनी ट्रक नीलकण्ठ नगरपालिका–५ दाउन्ने खोलामा दुर्घटना भएकाे हाे। 

Hardik ivf

मृत्यु हुनेको पहिचान खुल्न बाँकी छ। पाल प्रहरी, ट्राफिक प्रहरी र स्थानीयले उद्धार गरी घाइतेहरूलाई जिल्ला अस्पताल धादिङ लगिएकाे छ। घाइते तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार ओरालो बाटोमा ब्रेक फेल भएर दुर्घटनामा परेको हो।

प्रकाशित मिति: १२:४८ बजे, आइतबार, वैशाख २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्