Kathmandu Press

सुनको मूल्य तोलाकाे २२ सय रूपैयाँले घट्यो

महासङ्घका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रु ५० ले घटेर रु एक हजार सात सय कायम भएको छ।
सुनको मूल्य तोलाकाे २२ सय रूपैयाँले घट्यो

काठमाडौँ, वैशाख २ : स्थानीय बजारमा पहेँलो धातु सुनको मूल्य घटेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा आज छापावाल सुन प्रतितोला रु दुई हजार दुई सयले घटेर रु. एक लाख ३६ हजार आठ सय कायम भएको छ। 

त्यस्तै तेजावी सुनको मूल्य पनि प्रतितोला रु दुई हजार दुई सयले घटेर रु एक लाख ३६ हजार एक सय ५० कायम भएको छ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रु ५० ले घटेर रु एक हजार सात सय कायम भएको छ।

प्रकाशित मिति: १२:३३ बजे, आइतबार, वैशाख २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्