भारतमा २१ दिन लामो लक डाउन
काठमाडौं, चैत ११ : भारत सरकारले देशमा लक डाउनको घोषणा गरेको छ।
कोरोना भाइरस विश्वव्यापी रुपमा फैलिँदै गएपछि भारत सरकारले २१ दिन ....

काठमाडौं, चैत ११ : भारत सरकारले देशमा लक डाउनको घोषणा गरेको छ।
कोरोना भाइरस विश्वव्यापी रुपमा फैलिँदै गएपछि भारत सरकारले २१ दिन लामो लक डाउन गर्ने निर्णय गरेको हो। मंगलबार साँझ विशेष सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसबाट देशलाई बचाउन २१ दिन लामो लक डाउनको घोषणा गरेका हुन्।
मोदीले लक डाउन जनता कर्फ्यूभन्दा पनि कडा हुने बताएका छन्। उनले लक डाउनलाई सफल बनाउन आग्रह पनि गरे। ‘जब देशमा संकट आइपर्छ तब सबै भारतबासी एकजुट भएर त्यसविरुद्ध लड्नु पर्छ। कोरोना भाइरसविरुद्ध पनि हामीले मिलेरै लड्नु पर्छ,’ मोदीले भने,‘कोरोनासँग लड्न त्यति सजिलो छैन। त्यसैले सबैले लक डाउनलाई जनता कर्फ्यूभन्दा कडा भनेर बुझ्नुहोला।’
मोदीले सबै देशबासीलाई बचाउनका लागि लक डाउनको निर्णय गरेको बताए। ‘तपाईँ, तपाईँको परिवार र सारा देशलाई बचाउनका लागि लक डाउन गर्न लागिएको हो। यो समयमा घरबाट बाहिर निस्किन बन्देज लगाइएको छ,’ मोदीले भनेका छन्।
मोदीले २१ दिन सम्हालिन नसके मुलुक २१ वर्षपछि पर्ने पनि चेतावनी दिएका छन्।











