सिन्दुर जात्रामा झुम्याे थिमि [फाेटाेफिचर]
थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताको नेतृत्वमा खट बोकेर जात्रा गरी टोलटोलमा सिन्दुर खेल्दै जात्रा मनाइन्छ।![सिन्दुर जात्रामा झुम्याे थिमि [फाेटाेफिचर]](https://kathmandupress.com/uploads/posts/sindur_jatara1681547650-1713073292.jpg)
काठमाडौं, वैशाख २ : बिस्केट जात्राको अवसरमा मध्यपुर थिमिमा शनिबार ३२ वटा खटसहितको सिन्दुर जात्रा मनाइएको छ। सिन्दुर जात्रा हरेक वर्ष नयाँ वर्षको भोलिपल्ट मनाउने गरिन्छ। यो मध्यपुर ठिमीको सबैभन्दा ठूलो जात्रा हो।
ठिमीबासी एक आपसमा सिन्दुर छ्यापेर बाजागाजा तथा नाचगानसहित सिन्दुर जात्रामा रमाए। जात्राका कारण शनिबार मध्यपुर ठिमी क्षेत्रको सडक राताम्मे भएको थियो।

थिमि क्षेत्रमा २३ वटा, नगदेशमा एक, बोडेमा ७, टिगनीमा १ स्थानमा बेग्लाबेग्लै खटजात्राका साथ सिन्दुर जात्रा मनाइएको छ।
थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताको नेतृत्वमा खट बोकेर जात्रा गरी टोलटोलमा सिन्दुर खेल्दै जात्रा मनाइन्छ।


















प्रकाशित मिति: ११:२९ बजे, आइतबार, वैशाख २, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












