Kathmandu Press

सरकार जवाफदेहिताबाट भागेर गैरजिम्मेवारीपूर्वक प्रस्तुत भयो : कांग्रेस

उनले जनताले जम्मा गरेको अर्बौं रकम हिनामिना ठगी भएको जनविरोधी कार्यमा सरकार मन्त्री संलग्न रहेको पुष्टि स्वयम सरकारले नै पुष्टि गरेको उल्लेख गरे।
सरकार जवाफदेहिताबाट भागेर गैरजिम्मेवारीपूर्वक प्रस्तुत भयो : कांग्रेस

काठमाडौं, वैशाख २ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार जवाफदेखिताबाट भागेको बताएको छ।

आइतबार बिहान बसेको संसदीय दलको बैठकले प्रतिपक्षीको माग सम्बोधन गर्नुको साटो सरकार जवाफदेहिताबाट भागेर गैरजिम्मेवारीपूर्वक प्रस्तुत भएको निष्कर्ष निकालेको छ।

Hardik ivf

कांग्रेसहित प्रतिपक्षी दलहरुले सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै सदन अवरुद्ध गर्दै आएका थिए। तर, शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले संसदको अधिवेशन आइतबार मध्यराति १२ बजेबाट अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो।

हिउँदे अधिवेशन अन्त्यको निर्णय गरेर सरकारले संसदीय मूल्य मान्यता र अलोकतान्त्रिक काम गरेको कांग्रेसका मुख्य सचेतक रमेश लेखकले बताए। सरकार जवाफदेही बन्नुको साटो तानाशाही बन्न खोजेको बताए।

बजेट अधिवेशनका लागि पर्याप्त समय हुँदाहुँदै पनि अप्रत्याशितरूपमा चालू अधिवेशन अन्त्य गरेकोमा कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको उनले बताए।

‘प्रतिपक्षको अवरोधका कारण संसद् चल्न नसकेको भन्ने तर्क लज्जास्पद छन्। संसदका कुनै पनि काम कारबाही अवरोध गरेको थिएन। सरकारको तानाशाही प्रवृत्तिका कारण २ दिन अवरोध भएको हो। यसको जिम्मा सरकारले नै लिनुपर्दछ,’ उनले भने, ‘यो निर्णयको कांग्रेस घोर भर्त्सना र निन्दा गर्दछ। अलोकतान्त्रिक र संसदीय मूल्य मान्यताका विरुद्ध काम नगर्न सरकारलाई कडा चेतावनी पनि दिन्छौं।’

सरकारका उपप्रधान तथा गृहमन्त्री नै सहकारी ठगीमा संलग्न रहेको विषयमा छानबिन गर्न माग गर्दा पनि सरकार सदनबाट भागेको बताउँदै उनले जनताले जम्मा गरेको अर्बौं रकम हिनामिना ठगी भएको जनविरोधी कार्यमा सरकार मन्त्री संलग्न रहेको पुष्टि स्वयम सरकारले नै पुष्टि गरेको उल्लेख गरे।

प्रकाशित मिति: ११:११ बजे, आइतबार, वैशाख २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्