Kathmandu Press

रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने प्रक्रिया गलत छ : गृहमन्त्री लामिछाने

ड्राइभिङ सेन्टरमा सिकाएको भरमा लाइसेन्स दिने प्रक्रियालाई कडाई गर्नुपर्छ भन्ने पक्षमा आफू नभए पनि राम्रोसँग सवारी हाँक्न सक्ने भएपछि मात्र लाइसेन्स दिनुपर्ने कुरामा आफू अडिग उनले बताए।
रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने प्रक्रिया गलत छ : गृहमन्त्री लामिछाने

काठमाडौं, वैशाख २ : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने प्रक्रिया गलत भएको उल्लेख गर्दै त्यसलाई परिवर्तन गर्नुपर्ने बताएका छन्।

आइतबार ‘ट्राफिक सचेतना विषेश अभियान’को उद्घाठन गर्दै गृहमन्त्री लामिछानेले सडक यायायात सुधार कार्यदलको प्रतिवेदन आफूले अग्र पंतिमा बसेर कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। उनले चालकलाई रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने परिपाटी नै गलत भएको दाबी गरे।

Hardik ivf

‘ड्राइभरलाई सवारी लाइसेन्स दिने निकाय एउटा छ। त्यो लाइसेन्स प्राप्त गरेको मानिसले सही ढंगले सवारी चलाएको छ कि छैन भन्ने कुरा हेर्ने नियमन गर्ने निकाय अर्को छ। रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने जुन परिपाटी छ त्यो परिपाटी नै ठिक छैन। त्यसलाई परिवर्तन गर्नुपर्ने छ,’ गृहमन्त्री लामिछानेले भने।

ड्राइभिङ सेन्टरमा सिकाएको भरमा लाइसेन्स दिने प्रक्रियालाई कडाई गर्नुपर्छ भन्ने पक्षमा आफू नभए पनि राम्रोसँग सवारी हाँक्न सक्ने भएपछि मात्र लाइसेन्स दिनुपर्ने कुरामा आफू अडिग उनले बताए।

‘८ बनाएर, अलिअलि रोकेर साइड लगाएको भरमा लाइसेन्स दिइने प्रक्रियालाई कडाइ गरेर मात्र लाइसेन्स दिनुपर्छ भन्दिनँ, तर सडकमा सवारी बोकेर जाने मानिसलाई ट्राफिक नियम थाहा हुनुपर्छ र राम्रोसँग सवारी बोक्न सक्ने भएपछि मात्र लाइसेन्स दिनुपर्छ भन्ने कुरामा म अडिग छु,’ उनले भने।

सीप बिना नै रोड टेस्ट नगरी लाइसेन्स दिने प्रवृतिका कारण धेरै दुर्घटना हुने गरेको र त्यसमा बाइक चालकहरुको संख्या बढी रहेको भन्दै उनले त्यसलाई सुधार्न लाइसेन्स दिने प्रक्रियामै सुधार गर्नुपर्ने बताए। लामिछानेले आफूले नेतृत्व सम्हालेपछि ट्राफिक व्यवस्थापनलाई पनि प्राथमिकतामा राखेर काम गरिरहेकोे भन्दै उनले सडक यायायात सुधार कार्यदलको प्रतिवेदन उपलब्ध गराइदिन आग्रह गरे।

प्रकाशित मिति: १०:५९ बजे, आइतबार, वैशाख २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्