‘तीन दशक पुरानो सवारी तथा यातायात व्यवस्थापन ऐनमा संशोधन आवश्यक छ’
‘नीतिगत रुपमा हेर्दा सवारी तथा यातायात व्यवस्थापन ऐन २०४९ तीस वर्ष अगाडिको ऐन लिएर हामी आज सडक सुरक्षाको कुरा गर्दै छौं। यो ऐन हामीले अब संशोधन गर्नुपर्छ । अहिलेको आवश्यकता र तीस वर्ष पहिलेको आवश्यकता उस्तै छैन,’ उनले भनिन्।
काठमाडौं, वैशाख २ : काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोलले तीन दशक पुरानो सवारी तथा यातायात व्यवस्थापन ऐनलाई संशोधन गर्नुपर्ने बताएकी छिन्।
आइतबार उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित ‘ट्राफिक सचेतना विषेश अभियान–२०८१’ को समुद्घाटन कार्यक्रममा डंगोलले सवारी दुर्घटना रोक्न सबै सचेत हुनुपर्नेमा जोड दिँदै त्यसमा नागरिकको तहमा सचेतना पुर्याउनुपर्ने तथा कानूनी रुपमा ऐन समय सान्दर्भिक बनाउनुपर्ने बताएकी हुन्।
सरकारले युएनको ग्लोबल रोड सेफ्टीमा २०३० सम्ममा ५० प्रतिशत सवारी दुर्घटना कम गर्ने भनेर गरेको प्रतिबद्धता स्मरण गराउँदै डंगोलले सडक दुर्घटना घट्नुको साटो तथ्यांकमा बढेको उल्लेख गर्दै प्रतिबद्धता कार्यान्वयनको पक्ष बलियो बताउनुपर्ने बताइन्।
‘नीतिगत रुपमा हेर्दा सवारी तथा यातायात व्यवस्थापन ऐन २०४९ तीस वर्ष अगाडिको ऐन लिएर हामी आज सडक सुरक्षाको कुरा गर्दै छौं। यो ऐन हामीले अब संशोधन गर्नुपर्छ। अहिलेको आवश्यकता र तीस वर्ष पहिलेको आवश्यकता उस्तै छैन,’ उनले भनिन्।
ऐन बनेको तीस वर्षमा सडकमा सवारी साधनको संख्या ठूलो संख्यामा बढेकाले पनि समयअनुसार अघि बढ्दै ऐनमा पुर्नविचार गर्नुपर्ने धारणा उनको छ।
गत आर्थिक वर्षमा मात्रै सडक दुर्घटनामा २३ सय ७६ जनाले ज्यान गुमाएको विवरण उल्लेख गर्दै उनले सडकमा चालकले नियम विरुद्ध ओभरटेक गरेर जाने प्रवृतिको अन्त्य गर्नुपर्ने बताइन्।












