Kathmandu Press

इजरायलमा इरानको आक्रमण, २ सयभन्दा बढी मिसाइल प्रहार

इरानको मिसाइल आक्रमणपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले रक्षात्मक र आक्रामक ढंगले जवाफ दिन बताएका छन्।
इजरायलमा इरानको आक्रमण, २ सयभन्दा बढी मिसाइल प्रहार
Hardik ivfHardik ivf

काठमाडौं, वैशाख २ : इरानले शनिबार राति इजरायलमा आक्रमण गरेको छ । इरानले आक्रमणका बेला २ सयभन्दा बढी मिसाइल प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

तर इजरायली सेनाले आक्रमण ठूलो मात्रामा नभएको दाबी गरेको छ । इजरायली सेनाले इरानले आक्रमण गर्दा प्रहार गरेका मिसाइलहरू आकाशमै नष्ट गरेको जनाएको छ।

इरानको मिसाइल आक्रमणपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले रक्षात्मक र आक्रामक ढंगले जवाफ दिन बताएका छन्। ‘हामी रक्षात्मक र आक्रामक दुबै परिस्थितिका लागि तयार छौं,’ ट्विटरमा भीडियो पोस्ट गर्दै नेतन्याहूले भनेका छन्।

इजरायलको साथमा उभिएको अमेरिका, साथै बेलायत, फ्रान्स र अन्य धेरै देशहरूको समर्थनको प्रशंसा पनि उनले गरेका छन्। इरान र इजरायल फेरि एक पटक आमने सामने हुँदा विश्वको ध्यानाकर्षण भएको छ।

अमेरिकाले इजरायली नागरिकलाई सुरक्षा दिने बताउँदै इरानले गरेको आक्रमणको निन्दा गरेको छ। यस हमलालाई लिएर अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले उल्टै अमेरिकी राष्ट्रपति जो बाइडेनको आलोचना गरेका छन् ।

यसै वर्ष हुने राष्ट्रपतिय चुनावको उम्मेदवार बन्ने तयारीमा रहेका ट्रम्पले बाइडेन प्रति लक्षित गर्दै ‘म राष्ट्रपति भएको भए इजरायलमाथि आक्रमण हुने थिएन’ भनेका छन्।

प्रकाशित मिति: ०९:५५ बजे, आइतबार, वैशाख २, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्