मधेशमा आज जुडशीतल पर्व मनाइँदै
सूर्यको तापले पानी खोजिरहेका मानवलगायत बिरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मूल उद्देश्य भएको संस्कृतिविद्हरू बताउँछन्।
धनुषा, वैशाख २ : मधेश तथा मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व मनाइँदै छ।
यो पर्वमा मान्यजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्य र दीर्घजीवनको आशीर्वाद दिने चलन छ। यो मनाउने समुदायले विशेष गरी आज खेतबारीमा पनि पानी हाल्ने गर्दछन्।
सूर्यको तापले पानी खोजिरहेका मानवलगायत बिरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मूल उद्देश्य भएको संस्कृतिविद्हरू बताउँछन्। यो पर्वमा चना बदामको सातुल, दाल, सजिवनको तरकारी, बदामको पिठोबाट बनाइएको बरी र दही मथेर करी पकाइ खाने परम्परा रहेको छ।
यो पर्वको अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ। जुडशीतलको अघिल्लो दिन शनिबार मधेशमा कुलदेवतालाई सतुवा चढाएर सतुवाइन मनाइएको छ।
प्रकाशित मिति: ०८:३६ बजे, आइतबार, वैशाख २, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












