Kathmandu Press

‘जनविश्वास हट्नेगरि अदालतले काम गर्नु हुँदैन’

‘जनताको विश्वास हट्नेगरी न्याय निरुपण अदालतले नगर्दाखेरी राम्रो हुन्छ । वास्तविकता बुझेर आम जनतालाई मर्का नपर्नेगरि गर्नुपर्छ।’
‘जनविश्वास हट्नेगरि अदालतले काम गर्नु हुँदैन’

काठमाडौं, वैशाख १ : एमाले अध्यक्ष केपी शर्मा ओलीले न्यायालयले पर्याप्त सोच विचारबिना नै फैसला गर्न नहुने टिप्पणी गरेका छन्।

बुढानिलकण्ठ नगर अस्पतालको शनिबार उद्घाटन तथा नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान कायक्रम उनले न्यायको पुस्तक पल्टाएर पर्याप्त सोचविचारविना नै न्याय गरेको जस्तो अनुभव भएको भन्दै जनताको विश्वास हट्नेगरी न्याय निरुपण नगर्न आग्रह गरे।

Hardik ivf

‘म न्यायालयलाई के पनि आग्रह गर्न चाहन्छु भने खाली न्यायको पुस्तक पल्टाएर मात्रै न्याय गरेकोजस्तो अथवा पर्याप्त सोचविचारविना नै न्याय गरिएको जस्तो छ,’ उनले भने, ‘जनताको विश्वास हट्नेगरी न्याय निरुपण अदालतले नगर्दाखेरी राम्रो हुन्छ । वास्तविकता बुझेर आम जनतालाई मर्का नपर्नेगरि गर्नुपर्छ।’

मुलुकमा हाल स्वास्थ्यको स्थिति सुध्रिएको बताएका उनले कोभिडले झन यो क्षेत्रको आँखा खोलिदएको बताउँदै उनले नयाँ सरकारले दुर्गम ठाउँहरुमा विकासका लागि अविलम्ब काम सुरु गर्ने जानकारी दिए

‘अहिले स्वास्थ्यको स्थिति नेपालमा सुध्रिएको छ, अलि राम्रो भएको छ । कोभिडले हाम्रो स्वास्थ्य क्षेत्रको आँखा खोलिदएको छ । पहिलाभन्दा अहिले थुप्रै अस्पतालहरु निर्माण गरेका छौं,’ अध्यक्ष ओलीले भने, ‘एउटा हुम्ला जिल्लाको सदरमुकाम पक्की सडकले जोड्न बाँकी छ। त्यसलाई अविलम्ब अब जोडिने छ। अहिले नयाँ सरकार जुन बनेको छ, त्यसैले सरकारको तर्फबाट पनि म भन्छु हुम्लालाई अब दुर्गम रहन दिइँदैन । हुम्लाको सदरमुकामसम्म सडक पु¥याइन्छ।’

प्रकाशित मिति: १९:१८ बजे, शनिबार, वैशाख १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्