Kathmandu Press

उदयपुरका धार्मिक स्थलमा भक्तजनको घुइँचो

उदयपुरमा नयाँ बर्षमा विभिन्न ठाउँमा मेला लाग्ने भएपनि रौता पोखरी र थान पोखरीलाई बिशेष महत्वका साथ हेरिने गरिएको छ। नयाँ बर्षको दिन थान पोखरीमा बिहानै देखी भाकल चढाउनेहरुको घुइँचो लागेको थियो।
उदयपुरका धार्मिक स्थलमा भक्तजनको घुइँचो

उदयपुर, वैशाख १ : नयाँ वर्षको अवसरमा उदयपुरमा रहेका धार्मिक स्थलमाा भक्तजनको घुइँचो लागेको छ।

उदयपुरको रौतामाई गाउँपालिकामा रहेको रौतापोखारीमा बिहानै देखी भक्तजनहरुको घुइचो लागेको थियो भने जिल्लाकै चौदण्डीगढी नगरपालिका ९ ज्यामिरेमा रहेको थानपोखरीमा मन्दिरमा भक्तजनहरुको घुइँचो रहेको थियो।

उदयपुरमा नयाँ बर्षमा विभिन्न ठाउँमा मेला लाग्ने भएपनि रौता पोखरी र थान पोखरीलाई बिशेष महत्वका साथ हेरिने गरिएको छ। नयाँ बर्षको दिन थान पोखरीमा बिहानै देखी भाकल चढाउनेहरुको घुइँचो लागेको थियो।

थान पोखरीमा भान्टा चढाउनाले शरीरमा निक्लिने बिभिन्न घाउ खटिराहरु निको हुने बिस्वास लिइएको छ। थान पोखरीमा पुजा गर्ने र मेला भर्नेहरुको दिनभर जसोनै भिड लाग्ने गरेको वडा अध्यक्ष प्रकाश राउतले बताए।

जिल्लाको रौतामाई गाउँपालिकामा रहेको रौता पोखरी भने समुन्द्री सतह बाट १७ सय ७० मिटर उचाई रहेको धार्मिक एवम् पर्यटकीय स्थल हो। 

नयाँ बर्षमा उदयपुरमा रौता पोखरी, थान पोखरीको अलावा चौदण्डीगढी दरवार, उदयपुर गढी दरवार, ताप्ली पोखरी, भुतिया दह लगायतका पर्यटकीय क्षेत्रहरुमा बिहानै देखी नयाँ बर्ष मनाउनेहरुको भिडभाड देखिएको थियो।

प्रकाशित मिति: १८:०८ बजे, शनिबार, वैशाख १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्