Kathmandu Press

बिस्केट जात्राको लिंगाे ढालियाे

तान्त्रिक विधिअनुरूप पूजार्चना गरी शनिबार साँझ लिङ्गो ढालिएको हो। पचपन्न हात लामो लिङ्गो तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ढालिएको हो।
बिस्केट जात्राको लिंगाे ढालियाे

काठमाडाैं, वैशाख १ : बिस्केटजात्राको प्रमुख मानिने ५५ हाते योसिंः द्यो अर्थात लिंगाे ढालिएको छ।

तान्त्रिक विधिअनुरूप पूजार्चना गरी शनिबार साँझ लिङ्गो ढालिएको हो। पचपन्न हात लामो लिङ्गो तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ढालिएको हो।

Hardik ivf

लिङ्गो ठड्याउनुअघि लिङ्गोको कोखा (टुप्पो) मा नाग र नागिनीको प्रतीकस्वरूप दुई ध्वजा बाँधेर अष्टमातृकाका प्रतीक आठ डोरीले तानेर लिङ्गो ठड्याइने प्रचलन छ। त्यही आठ डोरी आठ कुनामा राखेर लिङ्गो ढालिएको थियो। 

लङ्गोको कोखामा झुन्ड्याइएका दुई ध्वजालाई वीरध्वजा, विश्वध्वजा र आकाशभैरवका ध्वजासमेत भनिन्छ। बिस्केटको लिङ्गो जात्रा हेर्नाले सुख, समृद्घि, सहकाल आउनाका साथै शत्रु नाश हुन्छन् भन्ने धार्मिक मान्यता रहेकाले सो जात्रालाई शत्रुहन्ता जात्रा पनि भनिन्छ। लिङ्गो उभ्याइने र ढाल्ने जात्रा नै बिस्केटको प्रमुख जात्रा हो।

मल्ल राजाहरूले भैरवनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पूजा विधि विधानसमेत थप गरी आठ रात नौ दिनसम्म जात्रा मनाउने प्रचलन थालिएको बताइन्छ। लिङ्गो ढालिएपछि ल्यासिङखेलबाट भैरवनाथको रथ गःहिटीमा ल्याएर भैरवनाथ र भद्रकालीको रथ जुधाइएको छ। 

प्रकाशित मिति: १८:०३ बजे, शनिबार, वैशाख १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्