Kathmandu Press

काठमाडौंमा स्कुटर दुर्घटनामा एकको मृत्यु

काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर मुनिभैरव बस पकेट नजिक सडकमा तीनकुनेबाट कोटेश्वरतर्फ जाँदै गरेको बागमती प्रदेश ०२ ०२६ प ६००२ नम्बरको स्कुटर दुर्घटनामा परेको हो ।
काठमाडौंमा स्कुटर दुर्घटनामा एकको मृत्यु

काठमाडौं, वैशाख १ : काठमाडौँमा आज भएको स्कुटर दुर्घटनमा एक जनाको मृत्यु भएको छ।

काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर मुनिभैरव बस पकेट नजिक सडकमा तीनकुनेबाट कोटेश्वरतर्फ जाँदै गरेको बागमती प्रदेश ०२ ०२६ प ६००२ नम्बरको स्कुटर दुर्घटनामा परेको हो।

Hardik ivf

दुर्घटनामा स्कुटर चालक काठमाडौँ पेप्सीकोला बस्ने ५२ वर्षीय रामशरण केसीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १७:५२ बजे, शनिबार, वैशाख १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्