Kathmandu Press

एमाले पर्वत अध्यक्षमा पहाडी

त्यसैगरी उपाध्यक्षमा विमल लामिछाने, सचिवमा सुवाचन्द्र पौडेल, उपसचिवमा चण्डीप्रसाद भुर्तेल  र महिला उपसचिवमा विन्दु अधिकारी निर्वाचित भएका छन्।
एमाले पर्वत अध्यक्षमा पहाडी

पर्वत, वैशाख १ : नेकपा एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित भएका छन्।

पहाडीले निकटतम् प्रतिद्वन्द्धी पदमपाणि शर्मा भन्दा एक सय २१ मत बढी प्राप्त गरेका हुन्। पहाडीले दुई सय ४८ मत प्राप्त गर्नुभयो भने शर्माले एक सय २७ मत मात्र प्राप्त गरेका छन्।

त्यसैगरी उपाध्यक्षमा विमल लामिछाने, सचिवमा सुवाचन्द्र पौडेल, उपसचिवमा चण्डीप्रसाद भुर्तेल  र महिला उपसचिवमा विन्दु अधिकारी निर्वाचित भएका छन्।

सदस्यहरुमा अधिकांश पहाडी समूहका उम्मेदवार विजयी भएका छन् । पहाडीलाई कानुन, न्याय, तथा संसदीय मामिलामन्त्री पदम गिरीको समर्थन थियो। अन्य पदमा सर्वसम्मत भए पनि २७ पदमा निर्वाचन भएको थियो । सहमतिको प्रयास असफल भएपछि अन्ततः मतदान प्रक्रियामार्फत नेतृत्व चयन गरिएको हो । 

प्रकाशित मिति: १५:५१ बजे, शनिबार, वैशाख १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्