Kathmandu Press

पाकिस्तानी विद्रोहीको आक्रमणमा ११ जनाको मृत्यु

स्थानीय समयअनुसार शुक्रबार राति ८ बजेतिर बलुचिस्तान प्रान्तको नौस्की शहरनजिकै छ जना बन्दुकधारीले एउटा बस रोकेरे परिचयपत्र जाँच गरी पञ्जाबको पूर्वी क्षेत्रका नौ जना कामदारलाई अपहरण गरेको प्रहरीले जनाएको छ।
पाकिस्तानी विद्रोहीको आक्रमणमा ११ जनाको मृत्यु

इस्लामाबाद, वैशाख १ : पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा बन्दुकधारीले ११ जनाको हत्या गरेको अधिकारीहरूले शनिबार बताएका छन्।

स्थानीय समयअनुसार शुक्रबार राति ८ बजेतिर बलुचिस्तान प्रान्तको नौस्की शहरनजिकै छ जना बन्दुकधारीले एउटा बस रोकेरे परिचयपत्र जाँच गरी पञ्जाबको पूर्वी क्षेत्रका नौ जना कामदारलाई अपहरण गरेको प्रहरीले जनाएको छ।

Hardik ivf

स्थानीय प्रहरीका वरिष्ठ अधिकारी अल्लाह बख्शले एएफपीसँग भने, 'राजमार्गबाट दुई किलोमिटर टाढा गोली लागेको अवस्थामा उनीहरूको शव फेला परेको थियो। आक्रमणकारीले पछि प्रान्तीय सांसदको कारलाई लक्षित गरी गोली चलाएको बख्शले बताए। गोली चल्दा गाडीमा सांसद नरहेको बुझिएको छ। आक्रमणपछि कार सडक नजिकैको खाल्डोमा खस्दा दुई जनाको मृत्यु भएको होे।'

नौश्की जिल्ला प्रशासनका वरिष्ठ अधिकारी हबिबुल्लाह मुसाखाइलले एएफपीसँग भने, 'प्रहरी र अर्धसैनिक बलले आक्रमणकारीलाई पक्राउ गर्न त्यस क्षेत्रमा खोजी कार्य सुरु गरेका छन् तर आक्रमणकारीहरू यस पटक त्यस क्षेत्रबाट भाग्न सफल भएका छन्।' बख्शले बन्दुकधारीहरूले ‘बलोच पृथकतावादीहरूको कार्यप्रणाली स्पष्ट रूपमा प्रयोग गरेको’ र आक्रमणको पछाडि कसको हात थियो भन्ने पुष्टि गर्न अनुसन्धान सुरु गरिएको बताए।

पाकिस्तानको सबैभन्दा ठूलो तर गरिब प्रान्त बलुचिस्तानमा जातीय पृथकतावादीहरूले दशकौं लामो विद्रोह गर्दै आएका छन्।लडाकूहरूले विगतमा पाकिस्तानका अन्य स्थानका जातीय पञ्जाबी र सिन्धीहरूलाई लक्षित गरेका थिए, साथै विदेशी ऊर्जा फर्महरूले यस क्षेत्रको धनको साझेदारी नगरी यस क्षेत्रको दोहन गरिरहेको उनीहरूको भनाइ छ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले शुक्रबार राति भएको आक्रमणलाई ‘आतङ्कवादको घटना’ को संज्ञा दिँदै ‘सहजकर्तालाई दण्डित गरिने’ बताउनु भएको छ। गत वर्ष अक्टोबरमा बन्दुकधारीले निजी आवास निर्माण गरिरहेका छ जना पञ्जाबी मजदूरको हत्या गरेका थिए।

गत महिनाको अन्त्यतिर यस क्षेत्रमा चीनको लगानीको आधारशिला मानिएको बन्दरगाहको कार्यालयमा आक्रमण गर्ने क्रममा आठ जना बलोच लडाकू मारिएका थिए। आक्रमणको क्रममा दुई जना पाकिस्तानी सैनिकको मृत्यु भएको सेनाको जनसम्पर्क शाखाले जनाएको छ।

पाकिस्तानी सुरक्षा बल पृथकतावादीहरूको सबैभन्दा बढी निशानामा परेको छ। बलोच लडाकूले आफ्नो समुदायलाई उनीहरूको प्रतिरोधको बदलाको रूपमा गैरन्यायिक हत्या र बेपत्ता पार्ने गरेको दाबी गर्छन्।

प्रकाशित मिति: १५:३६ बजे, शनिबार, वैशाख १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्