कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा एक नेपालीको मृत्यु
काठमाडौं, चैत ११ : अमेरिकाको न्यूयोर्कमा कोरोना भाइरसको संक्रमणबाट एक नेपालीको मृत्यु भएको छ।
कोरोना भाइरसबाट संक्रमित भएर न्यूयो....

काठमाडौं, चैत ११ : अमेरिकाको न्यूयोर्कमा कोरोना भाइरसको संक्रमणबाट एक नेपालीको मृत्यु भएको छ।
कोरोना भाइरसबाट संक्रमित भएर न्यूयोर्कस्थित अस्पतालमा भर्ना भएका ५० वर्षीय अनिल सुब्बाको मंगलबार बिहान मृत्यु भएको हो।
नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्टका अनुसार उनको स्थानीय अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
पाँचथरका सुब्बा विगत १५ वर्षदेखि अमेरिका बस्दै आएका थिए। विश्वभर फैलिरहेको कोरोना भाइरसका कारण अमेरिका पनि प्रभावित भएको छ।
प्रकाशित मिति: १८:५४ बजे, मंगलबार, चैत ११, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











