Kathmandu Press

बिस्केट जात्रा हेर्न भक्तपुरमा सर्वसाधारणको घुइँचो

भेलुखेलस्थित ल्यासिङ्खेलमा शुक्रबार साँझ उठाइएको लिङ्गो हेर्न भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रेलगायत विभिन्न जिल्लाबाट हजारौँको घुइँचो लागेको छ।
बिस्केट जात्रा हेर्न भक्तपुरमा सर्वसाधारणको घुइँचो

काठमाडाैं, वैशाख १ : परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाइने बिस्केट जात्रा हेर्न भक्तपुरमा सर्वसाधारणको घुइचो लागेको छ। 

भेलुखेलस्थित ल्यासिङ्खेलमा शुक्रबार साँझ उठाइएको लिङ्गो हेर्न भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रेलगायत विभिन्न जिल्लाबाट हजारौँको घुइँचो लागेको छ।

Hardik ivf

पचपन्न हात लामो, नाङ्लो जत्रो फेद भएको, इन्द्रध्वजासहितको लिङ्गोजात्रा हेरे मनोकांक्षा पूरा हुने , शत्रुनाश हुने सहकाल आउने जनविश्वास छ।

भैरवनाथको प्रतीक मानिने लिङ्गोको शीर्ष भाग र हात नीलो कपडाले बेरिएको हुन्छ। लिङ्गोको कोखामा झुण्ड्याइएका दुई ध्वजाहरुलाई वीरध्वजा र विश्वध्वजा भनिन्छ।

एकजोडी ध्वजा फुकाएपछि एउटा संवत् फेरिने हुनाले बीचमा फुकाएर हेर्न हुँदैन भन्ने धार्मिक मान्यता छ। लिंगाे उभ्याउन बाँधिएका आठ डोरीलाई अष्टमात्रिकाको प्रतीक मानिन्छ। 

प्रकाशित मिति: १३:३९ बजे, शनिबार, वैशाख १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्